पृथ्वीको उत्पत्तिदेखि अहिलेसम्मका घटना फेरि दोहोरिए के होला?

पृथ्वीको उत्पत्ति आजभन्दा लगभग ४६० करोड वर्ष पहिले भएको मान्यता छ। पृथ्वीमा प्राणीको उप्तत्ति भएको कम्तीमा पनि ३७३ करोड वर्ष पहिले भएको मानिन्छ। यदि ४६० करोड वर्षअघिको यो प्रयोग दोहोरिने हो भने फेरि पनि मानिसजस्तै प्राणीको अस्तित्व पाइएला? कि प्राणीको उत्पत्तिलगायतका विषय बिल्कुलै भिन्न होलान्? 

सन् १९८९ मा अमेरिकाका एक वैज्ञानिक स्टिफेन गोउल्डले उनको पुस्तक ‘वन्डरफुल लाइफ’ मा एक यस्तै उटपट्याक प्रश्न उठाएका छन्। उनले उठाएको प्रश्न थियो, हाम्रो पृथ्वीको उत्पत्तिदेखि अहिलेसम्मको समय फेरि दोहोरिने हो भने (अथवा दोहोर्‍याउने हो भने) यसको परिणाम के आउला?

यस्तो अवस्थामा हामीजस्ता मानिस धर्तिमा पाइन्छौं होला वा पाइदैनौँ होला? जीवको उत्पत्तिसम्बन्धी आजसम्म मानिएका विषयको नतिजा सही साबित होला कि फरक? यो कल्पना हाम्रो दिमागभन्दा परको विषय हो। वास्तविकता यही हो कि हामी यस्तो प्रयोग गर्न सक्दैनौँ तर गोउल्डले उठाएको विषयवस्तु कम रोचक छैन।

प्रकाशित मिति: : 2019-06-07 09:21:41

प्रतिकृया दिनुहोस्