नेकपा सचिवालय बैठकः केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस

नागरिक

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस परेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्षपछि केन्द्रीय सदस्यहरुलाई जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न जारी सचिवालय बैठकमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन कसरी गर्ने भन्नेमा नेताहरुबीच नै मत बाझिएपछि बुधबारको बैठक पनि निष्कर्षमा पुग्न सकेन। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठक बिहीबार पनि बस्ने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र सांसद रहेका नेताहरुलाई जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउने प्रस्ताव गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले अहसमति जनाएका थिए। झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि नेपाललाई समर्थन गरेका छन्।

प्रकाशित मिति: : 2019-06-06 10:03:50

प्रतिकृया दिनुहोस्