विप्लव समूहले कुन रुटबाट भित्र्याउँछ बम र बारुद?

नेत्रविक्रम चन्द विप्लव। तस्बिरः नेपालखबर

भारतीय सुरक्षाकर्मीले १९ जेठ (०७६) मा मेचीको नेपाल–भारत सीमावर्ती क्षेत्र पानी ट्याङ्कीबाट ठूलो परिणाममा बिस्फोट पदार्थसहित एकजना नेपाली नागरिकलाई पक्राउ गर्यो। पक्राउ परेका प्रसाद राई बिस्फोटक पदार्थ बोकेर नेपाल आउँदै थिए। उनको गन्तब्य भोजपुर थियो।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ४१ बटालियनका जवानहरूले सीमा चौकीमा जाँच गर्ने क्रममा नेपाली नागरिक ३३ वर्षीय राईलाई विस्फोट पदार्थसहित पक्राउ गरेका थिए।

बटालियनका कमान्डेन्ट राजीव राणाले आइतबार (१९ जेठ) पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएका थिए। राणाका अनुसार, पक्राउ परेका प्रसाद राई मेघालयको शिलङबाट पानीट्याङ्की हुँदै नेपालको भोजपुरतिर गइरहेका थिए।

राईबाट नेगेल ९० को ४० प्याकेट विस्फोटक, सय वटा विद्युतीय डेटोनेटर, थप अन्य विस्फोटक पदार्थ, परिचयपत्र र मोबाइल ह्यान्डसेट बरामद गरिएको छ।

भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका राईका बिषयमा नेपाल प्रहरीले समेत चासो राखेको छ।

‘उनी विप्लव समूहसँग नजिक रहेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘स्थानीय प्रहरीले भारतीय समकक्षीसँग थप बुझने प्रयास गरिरहेको छ।’

१९ जेठको बिहान यो घटना भएको थियो। त्यही दिन राति पूर्वी पहाडी जिल्लाहरुको पुरानो रुटको केन्द्र छेस्काममा विप्लव समूहको ‘मुभमेन्ट’ देखिएको थियो।

छेस्काम पूर्वी पहाडी जिल्लाहरुको प्रमुख ‘ट्रान्जिट’ हो। पहाडी जिल्लाहरुलाई जोडेर बनेको यो रुटको माथिल्लो क्षेत्रलाई जनयुद्धकालमा तत्कालिन माओवादीले आफ्नो आधार इलाका बनाएको थियो। मुख्य नेताका सेल्टर यहीँ थिए। माओवादीका नेताहरुले भारतको सिलगुडीसम्म पुग्न र उताबाट बिस्फोटक पदार्थ र हतियार भित्र्याउन यही रुट प्रयोग गर्थे।

प्रकाशित मिति: : 2019-06-06 09:35:55

प्रतिकृया दिनुहोस्