अढाई वर्षे प्रेम तीन मिनेटमा खरानी

प्रहरीले सार्वजनिक गरेको सबनम हत्या घटनाका अभियुक्तहरु। तस्वीरः सलमान खान

सलले घाँटी कसेर प्रेमिकाको हत्या

भैरहवाः रुपन्देही गैडहवा गाउँपालिका १ भुजौलीका असिरुद्दिन मुसलमान (२३) र सोही स्थानकी सबनम नाउँ (१८) बीच प्रेम सम्बन्ध थियो। असिरुद्दिनको परिवार आर्थिक सम्पन्न थिए। सबनमहरु कमजोर। उनीहरुको फुसको घर थियो। परिवार मजदुरी गरेर खान्थ्यो। दुवै छिमेकी थिए। असिरुद्दिनकै घरमा चामल केलाउने आदी काम गर्थिन् सबनम। काम गर्दै जादाँ दुवै जना बीच प्रेम भयो।

दुवै जना निकै घुलमिल भए। घरपरिवारसँग लुकीलुकी राति खेतमा भेटघाट गर्न लागे। ‘सबनमलाई भेट्दा निकै रमाइलो लाग्थ्यो’ असिरुद्दिन भन्छन् ‘उनीसँगको कुराकानीले दिनभरीको सबै दुःख पीडा हराउँथ्यो।’ प्रेम सुरु भएको दुइ÷तिन दिनमै कुराकानी गर्नका लागि असिरुद्दिनले मोबाइलसमेत दिए। लुकीलुकी घण्टौँसम्म फोनमा कुराकानी हुन थाल्यो। कुनैदिन कुराकानी हुन नसके छटपटीन्थे दुवै जना। साढे दुइ वर्ष पुगेको थियो उनीहरु प्रेम सम्बन्ध। तर, उनीहरुको प्रेम सम्बन्धमा त्यती बेला खटपट उत्पन्न भयो जब सबनमले असिरुद्दिनसँग भागी विवाह गर्ने प्रस्ताव राखिन्। १८ वर्षीय सबनमको केही महिना पश्चात विवाह हुने टुंगो लागेको थियो। घरमा विवाहको कुरा चलेपछि सबनमले असिरुद्दिनलाई भागी विवाह गर्ने प्रस्ताव राखिन्।

‘घरमा विवाहको कुरा टुँगो लाग्ने भएपछि सबनमले मलाई पटक पटक भागी विवाहको प्रस्ताव राख्दै आएकी थिइन्’ असिरुद्दिनले अन्नपूर्ण पोस्ट्सगँ भने ‘तर म तत्कालको लागि उनको प्रस्तावमा तयार थिइन।’ उनका अनुसार सबनमले ५÷६ महिना अघिदेखि नै भागी विवाह प्रस्ताव राख्दै आएकी थिइन्। ‘म भागी विवाह गर्ने पक्षमा थिइन। मैले सबनमलाई घरमा समस्या छ। वातावरण मिलाउनुपर्छ। केही समय पर्ख म तिमीलाई आफ्नै घरमा भित्रयाउन्छु भनेको थिए’ उनले दावी गर्दै भने ‘तर उनी मान्दै मानिनन्।’

प्रकाशित मिति: : 2019-06-04 15:11:18

प्रतिकृया दिनुहोस्