कलंकी–कोटेश्वर सडकमा गाडी चलाउन नयाँ नियम, तीब्र गतिमा गाडी हाँके कारबाही

तस्बिरः रातोपाटी

काठमाडौं– हालै निर्माण भएको चक्रपथस्थित कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी हाँक्न नपाइने भएको छ । ट्राफिक प्रहरीले सो सडकखण्डमा यातायातका साधनको गति सीमा निर्धारण गरेको जनाएको छ । 
ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाक्न पाउने छैनन् । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ । 

सोमबारदेखि कोटेश्वर कलंकी सडकखण्डमा सवारी साधनको गति मापन सुरु गरिएको भन्दै प्रहरीले तोकिएको सीमा उलंघन गरेर सवारी चलाइए यातायात व्यवस्था ऐन २०४९  परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने जनाएको छ । 

प्रकाशित मिति: : 2019-06-03 18:25:49

प्रतिकृया दिनुहोस्