विप्लव समूहको आक्रमणबाट स्थानीयले बचाए प्रहरीलाई, सशस्त्र र नेपाल प्रहरीको ‘सर्च अपरेसन’

तस्बिरः एजेन्सी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको लडाकु समूहले सोलुखुम्बुमा प्रहरी चौकीमाथि भौतिक आक्रमण गर्ने प्रयास स्थानीयको सूचनाका कारण असफल भएको छ । नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेका थिए ।

गएराति १२ बजे स्थानीयले हतियारसहित प्रहरी चौकीतर्फ गइरहेको विप्लव समूहलाई देखेपछि प्रहरीलाई सुरक्षित रहन खबर गरेका थिए । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘चौकीमा चारजनाको मात्र टोली थियो । स्थानीयको खबरपछि प्रहरी हतियार लगेर सुरक्षित स्थानमा गएर बस्यो । विप्लवको लडाकु समूहले चौकी खानतलासी गरे । तर अन्य सामानमा भने क्षति गरेनन् । उनीहरु हतियार लुट्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’’ उनीहरु २५ जनाको समूहमा रहेको बताइएको छ ।

प्रकाशित मिति: : 2019-06-03 17:00:21

प्रतिकृया दिनुहोस्