भ्रष्टाचारी ठहर व्यक्तिले बनाएको मापदण्ड विपरीतको होटलको प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मापदण्ड मिचेर पोखराको लेकसाइडमा बनाइएको एक होटलको उद्घाटन गर्न शनिबार पोखरा जान लागेका छन्।

प्रधानमन्त्री ओलीले मापदण्डविपरीत निर्माण गरिएको स्विस इन्टरनेसनल होटल सरोवरको आज उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

पोखरा महानगरमा ३५ मिटरभन्दा अग्लो भवन बनाउन नपाइने पुरानो मापदण्ड थियो। वर्तमान प्रावधानमा भने यसलाई घटाएर १७ मिटर अग्लो मात्रै बनाउन पाइने मापदण्ड तोकिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले बताए। प्रधानमन्त्रीले उद्घाटन गर्ने स्विस इन्टरनेसनल होटल सरोवर भने १२ तलाको बनाइएको छ।

प्रकाशित मिति: : 2019-06-01 12:49:29

प्रतिकृया दिनुहोस्