सुनको भाउ एकैदिनमा तोलामा १५ सय बढ्यो

भन्सार दर बढेसँगै सुनको मूल्य ह्वात्तै बढेको छ। एकै दिन प्रतितोला १५ सय रूपैयाँले सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६१ हजार रूपैयाँ पुगेको छ।

सुनको मूल्य बढ्नुको मुख्य कारण आगामी आर्थिक वर्षको बजेटमा सुन तथा चाँदी जस्ता बहुमूल्य धातुमा बढाइएको भन्सार दर प्रमुख कारण भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए।

प्रकाशित मिति: : 2019-06-01 11:34:35

प्रतिकृया दिनुहोस्