चीनद्वारा १५० नेपाली कामदार फिर्ता, ताक्लाकोटमा नेपालीबाट सीमा पास खोसियो

चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका–२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी पक्राउ गरेको थियो । पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा परेका थिए । यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको सीमा पास खोसेको छ । 

सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन् । बाँकी एक–दुई दिनमै आउने भएका छन् । कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन् । ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका नाम्खा गाउँपालिका–१ का दाबा लामाले १५० जना शुक्रबार नै फिर्ता भइसकेको बताए । नेपाली कामदार फिर्ता गर्ने हल्लाले उनीहरू निराश बनेको जानकारी दिए । 

प्रकाशित मिति: : 2019-06-01 08:21:11

प्रतिकृया दिनुहोस्