आफ्नो भूमिका स्पष्ट पार्न प्रचण्डको ओलीसँग आग्रह

प्रचण्ड

काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बेला पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सञ्चालनमा आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताको क्रममा बुधबार प्रचण्डले सत्ता र पार्टी सञ्चालन मिलेर गर्ने तथा जिम्मेवारी स्पष्ट हुने गरि आलोपालो गर्ने सहमति भएको खुलाएका हुन् ।

प्रचण्डले भनेका छन्, ‘पार्टी एकताका बेला हामी (म र ओली जी) बिच भएको सहमति लुकेको छैन, त्यो लिखित नै छ । जसमा स्पष्ट रुपमा सत्ता सञ्चालन आलोपालोका आधारमा गर्ने भन्ने उल्लेख छ ।’

प्रकाशित मिति: : 2019-05-30 15:16:42

प्रतिकृया दिनुहोस्