ठूला जनावरको संख्या घट्दै

तस्बिरः एजेन्सी

मानिसले वन्यजीवनको नाश गरिरहेको छ। प्रकृति नाश भइरहेको छ। जनावरको शरीरको औसत आकार पनि एक चौथाइले घट्दै गएको अध्ययनले अनुमान गरेको छ।

आउने शताब्दीसम्म एक हजारभन्दा धेरै स्तनधारी र चराका ठूला प्रजाति लोप हुने अनुसन्धाताले अनुमान गरेका छन्। यसमा गैँडादेखि चिलसम्म पर्दछन्। यसले खाना र सफा पानीका लागि मानिस निर्भर हुने पर्यावरण नाश हुने उनीहरू बताउँछन्।

गएको एक लाख २५ हजार वर्षमा अफ्रिकाबाहेक मानिसको बसोबास भएको सबै महादेशबाट अधिकांश ठूला प्रजाति मानिसले मासेको छ। आउने वर्षहरूमा यो संहारले अझ तीव्र रूप लिने अनुसन्धानले देखाएको छ।

वन्यजीवनको सुरक्षा र बासस्थान पुन:स्थापनामा आमूल परिवर्तन ल्याए भविष्यमा पशुपंक्षी लोप हुने सम्भावना कम गर्न सकिन्छ। नयाँ कार्यले प्रजाति विशेषमा ध्यान दिन पनि सहयोग गर्ने वैज्ञानिकहरू बताउँछन्।

सन् १९७० यता पशुको संख्या ६० प्रतिशतले घटेको छ। जंगल क्षेत्रको फडानी, शिकार र अत्यधिक खेतीपातीले पृथ्वीमा छैठौं पटक जीवनको सामूहिक विनाश हुने संकेत दिएको छ। मानव समाज पृथ्वीको प्राकृतिक–जीवन–सहयोग प्रणाली नाश हुने खतरामा भएको वैज्ञानिकहरूले यो महिना बताएको छ। अहिले आधाभन्दा धेरै प्राकृतिक पर्यावरणको विनाश भएको छ। जम्मा दश लाख प्रजाति लोप हुने जोखिममा छन्।

प्रकाशित मिति: : 2019-05-30 07:59:21

प्रतिकृया दिनुहोस्