साढे १५ खर्बको बजेट आउँदै, कर्मचारीको तलब २२ प्रतिशत र वृद्ध भत्ता सात सय वृद्धि हुँदै

 प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको चर्को दवावमा परेका अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउने भएका छन्। आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट आज अपराह्न संघीय संसदमा पेश हुदै छ।

आज अपराह्न ४ बजे दोस्रो बजेट पेश गर्न लागेका अर्थमन्त्री खतिवडाले बृद्धाभत्ता, युवा रोजगार कार्यक्रम, कर्मचारीको तलव बृद्धि, कृषकलाई विशेष कार्यक्रमहरु समावेश गरेका छन्। बजेटमा राजनीतिक कार्यक्रमका नारालाई बढी जोड दिइएको जनाएको छ।

सांसदको दवाव थेग्न नसकेका अर्थमन्त्री खतिवडाले निर्वाचन क्षेत्र कार्यक्रमको लागि ६ करोड रुपैयाँ दिने गरी बजेट तयार पारेका छन्। यसअघि सांसदको कार्यक्रममा चार करोड रुपैयाँ पाउँदै आएका थिए। उनीहरूले भने प्रति सांसद १० करोड रुपैयाँ हुनुपर्ने माग गरेका छन्।

अर्थमन्त्री खतिवडाले ८ प्रतिशत आर्थिक बृद्धिको महत्वकांक्षी लक्ष्य समेत बजेटमा राख्ने भएका छन्। बजेटमार्फत कर्मचारीको तलव २२ प्रतिशतसम्म बढाएको अर्थमन्त्रायल स्रोतले जानकारी दिएको छ। त्यस्तै, बृद्धभत्ता सात सय हाराहारी बढाएको छ।

लोकप्रिय कार्यक्रम राख्न बाध्यभएपछि अर्थमन्त्री खतिवडाले मंगलबार मात्रै राष्ट्रिय योजना आयोगको सिलिङ तोडेर बजेट १५ खर्ब ७७ अर्ब पु¥याएका थिए। बजेट पनि सोही हाराहरीको आकारमा आउने अर्थमन्त्रालय स्रोतको दावी छ। यद्यपी मंगलबार रात्री अन्तिम रुप दिइएको बजेट १५ खर्ब ५५ अर्ब हाराहरीमा ल्याएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ। योजना आयोगले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ पेश गरेको थियो।

प्रकाशित मिति: : 2019-05-29 14:43:21

प्रतिकृया दिनुहोस्