जसले जसलाई पनि भ्रष्टाचारी भन्न मिल्छ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ। | तस्वीर:रिवाज राई

तीन वर्षअघि नेपालमा दैनिक २० घन्टा लोडसेडिङ हुन्थ्यो। रातपरेपछि सहरमा उज्यालो देख्न मुश्किल पर्थ्यो। कलकारखानाहरू पेट्रोलियम पदार्थमा निर्भर थिए। तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको बलमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको प्रवेश भयो।

प्राधिकरणकै कर्मचारी भएकाले पनि हुनसक्छ, उनलाई विगतमै लोडसेडिङको समस्याबारेराम्रो जानकारी थियो। नेतृत्वमा आएको दुई महिनामै काठमाडौंमा लोडसेडिङ हटाएपछि उनको चर्चा चुलियो। अहिले देशभर लोडसेडिङ अन्त्य भइसकेको छ। घिसिङले लोडसेडिङ मात्रै अन्त्य गरेनन्, वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाईवार्षिक ३ अर्ब रुपैयाँ नाफामा समेत लगे।

तर, यतिबेला घिसिङमाथि घेराबन्दी सुरू भएको छ। धेरैको कमाई खाने भाँडो बन्द गरिदिएका घिसिङप्रति अहिले विभिन्न स्वार्थ समूहहरू रुष्ट छन्। विगतमा प्राधिकरणको नेतृत्व गर्नेहरू, लोडसेडिङको बेला प्राधिकरणका अधिकारीलाई घूस ख्वाई आफ्नो कारखानामा बिजुली लाने उद्योगी र राजनैतिक दलका नेतासमेत घिसिङको विरोधमा देखिन थालेका छन्।

नेपालमा पुनः लोडसेडिङ गराउन र त्यसबाट अकूत सम्पत्ति कमाउन केही तत्वहरू सक्रिय रहेको ठोकुवा घिसिङको छ। यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग काठमाडौंप्रेसका अर्थ ब्युरो प्रमुख केदार दाहालले गरेको कुराकानीको केही अंश :

प्रकाशित मिति: : 2019-05-24 14:24:12

प्रतिकृया दिनुहोस्