दाइजो नपाउँदा बेहुली छोडेर हिँडेका बेहुला पक्राउ

दाइजो नदिएको भन्दै मण्डपमै बेहुली छाडेर हिँडेका लक्ष्मण राजवंशीलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी। तस्बिर : अन्नपूर्ण

विराटनगर : मोरङको जहदा गाउँपालिका-४ मा दाइजो नदिँदा बेहुली विवाह छोडेर हिँडेका बेहुला पक्राउ परेका छन्। 

जेठ ३ गते २४ वर्षीय लक्ष्मण राजवंशी दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेका थिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। मण्डपबाटै बेहुला हिँडेपछि जन्ती त्यत्तिकै फर्किएका थिए। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा-४ का राजवंशी र सोही वडाकी २१ वर्षीय एक युवतीका पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह सुरु भएको थियो। 

स्थानीय बासिन्दाका अनुसार सुरुमै दाइजो नदिने सहमतिमा दुवैपक्ष बिहे गर्न राजी भएका थिए। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुलाले मण्डपमै मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए। 

प्रकाशित मिति: : 2019-05-23 19:53:04

प्रतिकृया दिनुहोस्