सांसदहरुले भने एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्छ (भिडियाे सहित)

तस्बिरः बिएल

सांसदहरुले विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठक सुरुहुनेबितिकै सांसद जुलिकुमारी महतोले उक्त घटनाका संलग्नलाई कडा कारवाही हुनुपर्ने बताए। उनले काठमाडांैस्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एशिड प्रहार गर्नेमाथि कडा कारवाही गराउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षणसमेत गराए। उनले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए। बैठकको बिशेष समयमा सांसद उमा रेग्मीले संसारका बिभिन्न देशमा मृत्युदण्डको कानुन रहेको दृष्टान्त दिदै कानुनमा संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताए। समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने बताए।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा वीरगञ्ज छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। उनको अहिले काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: : 2019-09-08 17:26:56

प्रतिकृया दिनुहोस्