७८ लाख घुस काण्ड : विशेष अदालतमा राजनारायण पाठकसँग २८ सवाल–जवाफ (पूर्णपाठ)

तस्बिरः रातोपाटी

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले बुधबार विशेष अदालतमा बयान दिएका छन् । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकले बयान दिएका हुन् । 

बयानका क्रममा पाठकसँग विभिन्न २८ प्रश्न सोधिएको थियो । जसको जवाफ दिने क्रममा विभिन्न विषयमा पाठकले आफ्नै राय बाझिने गरी बयान दिएको पाइएको छ । 

यद्यपि अदालतले नेपाल बंगलादेश बैंक बसिदिएपछि बुधबारनै उनलाई ७८ लाख धरौटीमा रिहा गरेको छ । 

चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: : 2019-05-16 23:30:22

प्रतिकृया दिनुहोस्