नेपाल रेडक्रसमा बेथितिको चाङ, विवाद बढेपछि साधारणसभा अनिश्चित

तस्बिरः नेपाल लाइभ

काठमाडौं- परोपकारी संस्था भनिने नेपाल रेडक्रस सोसाइटीमा बढेको आर्थिक चलखेलका कारण उक्त संस्थाको भविष्य अनिश्चिततातर्फ मोडिएको छ। मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता रेडक्रसका विश्वव्यापी मान्यता हुन्। तर, यसविपरीत रेडक्रमका कदमहरु परिचालित हुँदा संघप्रतिको विश्वास गुम्दै गएको हो।

रेडक्रस सोसाइटीको केन्द्रीय गोदाम घर निर्माणका लागि जग्गा खरिद, केन्द्रीय रक्तसञ्चार केन्द्रको नयाँ भवन निर्माण, विभिन्न जिल्लामा खानेपानी आयोजना/कार्यक्रमहरुमा व्यापक भ्रष्टाचार तथा अनियमितता भएपछि विभिन्न सरकारी निकायमा पटकपटक उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय समेतमा रेडक्रसमा भएको अनियमितताबारे अनुसन्धान गर्न भन्दै उजुरी परेका छन्।

प्रकाशित मिति: : 2019-05-14 08:07:33

प्रतिकृया दिनुहोस्