शैक्षिक संस्थामा दलीय भागबन्डा नरोकिए कडा संघर्षमा उत्रने नेविसंघको चेतावनी (भिडियो सहित)

तस्बिरः बिएल

विश्वविद्यालयलाई दलिय भागवण्डाबाट मुक्त गर्नुपर्ने भन्दै नेविसंघले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
नेविसंघले काठमाडौंको माइतिघरदेखि नयाँबानेश्वरसम्म बिरोध प्रदर्शन गर्दै दलीय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिएको भन्दै खवरदारी गरेको हो ।

उनीहरुले विश्वविद्यालय लगायत शैक्षिक संस्थामा हुने राजनीतिक भागबन्डा बन्द गरेर खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ ।
नेविसंघले दलीय भागबन्डा नरोकिए नेविसंघ कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

विरोध प्रदर्शनमा नेविसंघका नेताहरुले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा भएको आरोप लगाएका थिए ।

 

प्रकाशित मिति: : 2019-09-01 19:15:22

प्रतिकृया दिनुहोस्