मन्त्री राईकाे भनाई– वीरगञ्जमा १० अर्ब बढी बजेट विनियाेजन

बिएल
वीरगंजको वडा नम्बर १ छपकैयामा निर्माण गरिएको फोहर पानी व्यवस्थापन केन्द्रको म‌गलबार एक समारोहका बीच उद्घाटन गर्दै शहरी विकास मन्त्री इस्तियाक राईले नेपाल सरकार जनताको स्वास्थ्यप्रति चिन्तित रहेको बताएका छन्।
 
शहरी विकास मन्त्री माेहम्मद इस्तियाक राईले आर्थिक नगरी बीरगंजको फोहोरलाई व्यवस्थित गर्न सरकारले वीरगंजमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरेको बताए।
 
सो अवसरमा मन्त्री राईले वीरगंजको वृहत्तर विकासका लागि विभिन्न परियोजना मार्फत हाल नेपाल सरकारले १० अर्ब भन्दा बढी बजेट विनियोजन गरी विकास निर्माणका योजना अगाडी बढाएको खुलासा गरे ।
 
याे पनि पढ्नुहाेस।
कार्यक्रममा नगर प्रमुख विजय सरावगीले वीरगंजको विभिन्न स्थानका ढलनलको फोहोर पानी प्रशोधन केन्द्रमा आउने र सो पानीलाई शुद्धिकरण गरी श्रीसिया नदीमा बगाईने बताए।
 
८ बिगाहा १६ कठ्ठा भन्दा बढी जग्गामा नवनिर्मित पानी प्रशोधन केन्द्रको निर्माण कार्य २६ करोडको लागतमा सम्पन्न भएको बीरगंज महानगरपालिकाका परियोजना प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए।
 
मझौला शहर एकीकृत शहरी वातावरण सुधार आयोजना अन्तरगत शहरी विकास मन्त्रालय, वीरगंज महानगरपालिका, नगर विकास कोष, एसियाली विकास बैंकको संयुक्त लगानीमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको हो। कार्यक्रममा सांसद प्रदिप यादव, प्रदेश सभा सदस्य सिंहासन कलवार, जन्नत अन्सारी, करिमा वेगम, भिमा यादव, मन्जुर अन्सारी, निर्माण कम्पनि कालिका कन्स्ट्रक्सनका परियोजना प्रमुख ठाकुर ढकाल लगायतको सहभागिता थियो।
 
 
प्रकाशित मिति: : 2019-08-27 22:50:00

प्रतिकृया दिनुहोस्