पूर्वाञ्चल विश्व विद्यालयको उपकुलपति भित्रैबाट नियुक्ती गर्न माग

बिएल

राजनैतिक खिचातानीको सिकार बन्दै आएको पूर्वाञ्चल विश्व विद्यालयको उपकुलपति विश्वविद्यालय भित्रैबाट नियुक्ती गर्न माग गरिएको छ।

विश्वविद्यालयका प्राध्यापक मध्येबाटै उपकुलपति, रजिष्ट्रार जस्ता पदमा नियुक्ती भई विश्वविद्यालय व्यवस्थित, मर्यादित र पारदर्शी भइसकेको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले यस्तो माग गरेको हो।

समिति सभापति डा.सन्देशदास श्रेष्ठ र पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समिति सभापति राजकुमार सापकोटाले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय बाहिरबाट उपकुलपति, सेवा आयोगका अध्यक्ष नियुक्ती नगर्न माग गरेका छन्। विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसमक्ष यो माग राखिएको हो।

याे पनि हेर्नुहाेस।

विधार्थीको आन्दोलनमा क्याम्पस प्रमुख थुनिए

फेसबुकको दुनियाँ

लोग्ने विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

स्थापनाको २५ वर्ष पूरा गरिसकेको अवस्थामा पनि बाहिरबाट पदाधिकारी नियुक्त गर्दा विश्वविद्यालयले सही दिशा लिन नसकेको प्राध्यापक संघका सभापति डा. श्रेष्ठले बताए। विश्वविद्यालयमा बाहिरबाट पदाधिकारी नियुक्ती गर्दा विभिन्न वाधा व्यवधानहरु खडाभई दिनप्रतिदिन समस्याग्रस्त बन्दै गएको उनको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो विश्वविद्यालय हामी आँफैले सञ्चालन गर्ने भन्ने अभियानमा सम्बन्धि सरोकारवाला सबैलाई सहयोगको गर्न अपिल गरिन्छ।’

प्राध्यापक संघ र कर्मचारी संघको माग विपरित पदाधिकारी नियुक्ती भएमा विषम परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय स्वयं हुने समेत चेतावनी दिइएको छ। दुवै समितिको विराटनगरमा बसेको बृहत भेलाले विश्वविद्यालय भित्रैबाट पदाधिकारी नियुक्तीका लागि जोड दिएको हो।

विश्व विद्यालयको उपकुलपति, रजिष्ट्रार र सेवा आयोगका अध्यक्षको कार्यकक्षमा गत जेठदेखिको तालाबन्दी यथावत छ। विभिन्न राजनैतिक दल सम्वद्ध विद्यार्थी संगठनले कर्मचारी नियुक्ती लगायतमा अपनाइएको प्रक्रियाको विरोध जनाउँदै लगाएको ताला यथावत रहेको हो। विराटनगरमा केन्द्रीय कार्यालय रहेको विश्व विद्यालयमा विभिन्न विषयलाई लिएर तनावहरु उत्पन्न भइरहन्छन्। आन्दोलनका नाममा तोडफोड र हुलहुज्जत पनि हुन्छन्।

यही भदौ महिनामै उपकुलपति प्राडा घनश्याम लाल दास र सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठको कार्यकाल सकिँदैछ। कार्यकाल सकिनै लागे पनि लामो समयदेखि आफूहरुको कार्यकक्षमा लागेको ताला खोल्न उनीहरुले कुनै चासो दिएका छैनन्। विद्यार्थी संगठन भने आफूहरुको माग पूरा नभएको भन्दै तालाबन्दी तत्काल खुल्ला नगर्ने अडानमा छन्।

याे पनि पढ्नुहाेस।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

प्रकाशित मिति: : 2019-08-19 22:35:13

प्रतिकृया दिनुहोस्