बिप्लव समूहका नेता मोहन कार्की थुनामुक्त

तस्बिरः एजेन्सी

प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ थुना मुक्त भएका छन्।

प्रहरीले २०७५ चैत १ गते काठमाडौंबाट पक्राउ गरेको कार्कीलाई गत आईतबार थुना मुक्त गरेको हो।

प्रहरी नियन्त्रणमा रहेका कार्कीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो। उनीविरुद्ध चलेको मुद्दामा काठमाडौं जिल्ला प्रसशान कार्यालयका प्रमुख अधिकारीले थुना मुक्त गर्न आदेश दिएपछि प्रहरीले उनलाई छाडेको हो।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

पार्टीको नीति विपरित चलेको भन्दै गत साता मात्र कार्कीलाई पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले कारबाही गरेको कुरा बाहिर आएको थियो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीमाथि लागेको कसुरबारे फैसला गर्दै छाड्ने आदेश दिएपछि उनलाई २ दिनअघि नै रिहा गरेको प्रहरीले जनाएको छ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पक्राउ परेका छन्।

प्रकाशित मिति: : 2019-08-06 09:47:53

प्रतिकृया दिनुहोस्