राजेन्द्र महतोले भने- मेरो नागरिकता खारेज भएको हो? (भिडियोसहित)

तस्बिरः बिएल

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नागरिकता खारेज गर्ने सरकारको निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भ्रमण सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखसँग बिशेष समय लिएर बोल्दै महतोले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा नाम मात्र भन्दा आफ्नो नामसँग मिल्न गएको र यसले भ्रम सर्जना भएको तथा यसको कारण आफ्नो मानहानी भएको बताए।

नाम सार्वजनिक गर्दा ठेगाना नभनी नाममात्र भनेको जसका कारण भ्रम सिर्जना भएको उनको भनाई छ। महतोले कसैको नाम मात्र भन्दा मानहानी हुने भएकाले पुरै ठेगाना खुलाएर नाम सार्वजनिक गर्न सुझावसमेत दिए।

सम्बोधनका क्रममा महतोले कृष्ण बहादुर महरा र पुष्प कमल दाहालको नाम लिदै उदाहरण दिएपछि नेकपा सांसदहरुले आपत्ती जनाएका थिए।

नेकपा सांसदहरुले आपत्ती जनाएपछि सभामुखले महत्तोको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त शव्द रेकर्डबाट हटाउन निर्देशन दिए। यसअघि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता बास्कोटाले राजेन्द्र महतोसहितका व्यक्तिहरुको नागरिकता खारेज गर्ने निर्णय गरेको बताएका थिए।

प्रकाशित मिति: : 2019-08-05 15:36:18

प्रतिकृया दिनुहोस्