उत्तर प्रदेशका पूर्वगृहमन्त्री आजमसँग ३ करोड ७० लाख क्षतिपूर्ति माग

Agency

भारतको समाजवादी पार्टीका सांसद तथा उत्तर प्रदेशका पूर्व गृहमन्त्री आजम खानलाई मोहम्मद अली जोहर विश्वविधालयको जग्गा विवादमा ३ करोड ७० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने भएको छ।

रामपुर जिल्ला अदालतले आजमलाई विहिबार यो निर्णय सुनाउँदै १५ दिनभित्र कानुन विपरित कब्जा गरिएको जग्गा हटाउन आदेश दिएको छ।

अदालतले नोटिस जारी गर्ने क्रममा प्रतिदिन १० हजार रुपैयाँ भरपाई गर्न आदेश पनि दिएको छ।

विश्वविद्यालयको गेट लोक निर्माण विभागको जमिनमा बनाइएपछि विवादले जन्म लिएको हो।

आजमले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भन्दै कृषकको जमिन कब्जा गरेको आरोपमा छानवीन पनि भइरहेको छ। विश्वविद्यालय अर्बो रुपैयाको लागतमा बनेको थियो। श्रम विभागले दुई हजार करोडमा भवन निर्माणका लागि ४ वर्ष अगाडि स्विकृति दिएको थियो।

 

 

 

प्रकाशित मिति: : 2019-07-25 19:25:09

प्रतिकृया दिनुहोस्