शुक्रबार, ०३ जुलाई २०२६

सहकारी ठगीमा कांग्रेस–एमालेको संलग्नता देखियो, अब फासफुस पार्छन्: कमल थापा

उनले छानविन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्नसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर संविधान दिवसकाे उल्लास, धरहरामा सर्वसाधारण

२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। सरकारले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोह आयोजना गरेको थियो। त्यसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेता कूटिनीतिक नियोगका विशिष्ट व्यक्तिहरू सामेल थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वर्णिम वाग्लेकाे प्रस्ताव- संविधानको मर्मअनुसार काम भएन, स्थानीय तहलाई ५ सयमा झाराैँ (भिडियाे)

उनले भने, ‘बलियो र स्वच्छ सुदृढ संघीय सरकार होस्, स्थानीय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाउँ, अहिले धेरै पालिकाहरु मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। हामी मर्मअनुसार काम गर्न सकिरहेका छैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान खराब भएका कारण जनताले दु:ख पाइरहेका छन्- प्रभु साह

अधिकांश नेपालीले हर्षोल्लासका साथ संविधान दिवस मनाइरहँदा किन कालो दिन भनियो? किन गरिन्छ संविधानको विरोध? आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहसँग गरिएकाे बिएल संवाद प्रस्तुत छ:

कमल विक

कमल विक - काठमाडाैँ

यी हुन् १० भन्दा बढी बैठकमा नआएका सांसदहरू (भिडियाे)

उनका अनुसार १४ जना सांसदहरू उपचार र भ्रमण तथा घरेलु काममा व्यस्त भएका कारण संसदका १० भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका हुन्। तीमध्ये सबैभन्दा धेरै अनुपस्थित हुने सांसदहरूमा मनोरमा शेरचन, बसन्त नेम्वाङ र सीता बस्नेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीसम्बन्धी छानबिन समितिकाे प्रतिवेदन संसदमा पेश (भिडियाे)

साेमबार बसेकाे संसद बैठकमा समितिका सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेश गरेका हुन्। बैठकमा सभापति थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सांसदकाेमाग- मेटमणि चाैधरीलाई देशद्राेहीकाे मुद्दा लगाइयाेस्

‘एक जना माननीयज्यू, पूर्वमन्त्रीज्यूले एक सञ्चारमाध्यममा आफ्नाे विचार राख्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकाे भू-भाग हाेइन, याे भारतकाे भू-भाग हाे, भारतकाे दाबी जायज छ भन्ने विचार व्यक्त गर्नुभएकाे छ। याे संविधान विराेधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु, यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्राेहीकाे मुद्दा लगाउन सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण छ: सांसद बस्नेत

सोमबार प्रतिनिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैंमा दुखद कुरा भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार गठनकाे दुई महिना नपुग्दै ओली आत्तिन र बिरक्तिन थालेका छन्: अधिवक्ता डा.शाह (भिडियाे अन्तर्वार्ता)

‘साँच्चै भन्ने हाे भने प्रधानमन्त्री अहिले आत्तिएकाे छ। बिरक्तिएकाे छ। विचल्लित भएकाे छ’, अधिवक्ता शाहले भने, ‘यसकाे प्रमाण प्रधानमन्त्रीजस्ताे पदले एउटा मेयरसँग फेसबुकमा वादविवाद गर्छ। साइबर वार गर्छ।’

कमल विक

कमल विक - काठमाडौं

झापामा पूजाको प्रसाद खाँदा ७० जनाभन्दा बढी बिरामी (भिडियाे)

पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ। सुरुमा वाक वाक लाग्ने, वान्ता हुने तथा लगातार डायरीया हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरु अस्पतालमा भर्ना भएका हुन्। केही बिरामीहरुमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

‘हिंसा’ शब्दले फेरि तात्याे संसद, एमालेले सम्झियाे सुवास नेम्वाङ

दलहरू माओवादी द्वन्द्वलाई हिंसा भन्न पाउने वा नपाउने भन्नेमा विभाजित हुँदा सार्वभौम संसद गिजोलिएको छ। माओवादीले हिंसा भन्न नपाइने र सत्तारुढ दल एमालेले भन्न पाउनुपर्ने अडानले गर्दा संसद बैठक गिजोलिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यसरी हुँदैछ इन्द्रजात्राको तयारी (भिडियो)

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ। लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२० मिटर मापदण्डको सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ: सांसद पन्त (भिडियाे)

उनले भने, ‘जनताको मनस्थिति, मनोभावना र उनीहरुलाई परेको अन्यायलाई ध्यानमा राख्दै सरकार तुरुन्तै पुनरावलोकनमा जाओस्। सर्वोच्च अदालतलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– उपत्यका जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुन्छ भन्ने अपेक्षा गरेका छन्।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमनाकाे प्रश्न- ओली शासनमा विद्यार्थीहरु कहिले दीक्षित हुन पाउँछन्?

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले भाग लिन पाउँछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवा नेतामा काम गर्ने ढङ्ग नपुग्ला तर उनीहरु भ्रष्टाचार गर्दैनन्- अनुप गुरुङ

गहन अध्ययन र सिर्जनसील कर्मका कारण अनुप छिट्टै नेपाली कार्टुन क्षेत्रमा स्थापित भए। विभिन्न माध्यमबाट आफ्ना कार्टुनहरु प्रकाशित गर्दै आएका अनुप युवामाझ निक्कै लाेकप्रिय छन्।

कमल विक

कमल विक - काठमाडाैँ

चल्न थाल्याे टिकटक, थपियाे १५ अर्ब विदेशी ऋण

सरकारले बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेकाे छ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय सार्वजनिक गरेकाे हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीप्रति प्रचण्डकाे टिप्पणी- जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्

प्रधानमन्त्रीमै बसेका नेता (केपी शर्मा ओली)ले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी जति सबै खराब हुन् भन्ने गलत ट्रेन्ड चलिरहेको छ: मन्त्री अधिकारी (भिडियाे)

उन अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन भन्ने गलत ट्रेन्ड चलिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले एकलौटी निर्णय गरेको भन्दै उपमेयर डंगोल असन्तुष्ट (भिडियाे)

कार्यपालिका बैठकमा डंगोलले भनिन्, 'महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ। प्रमुख स्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दा आवेगपूर्ण अभिव्यक्ति दिए: एमाले (भिडियाे)

प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घटनासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं