बिएल संवाददाता
झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेको छ।
हालसम्म बिरामीको संख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले जनाएका छन्।
बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो। सो पूजामा प्रसाद खाने उनीहरु बिरामी परेका हुन्। स्थानीय खरबन्दी गाउँमा प्रसाद खाएका सबैजना बिरामी भएको अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन तामाङ जानकारी दिए।
बिरामी भएकामध्ये ६६ जनाको शनिश्चरे आधारभुत अस्पताल, बीएण्डसी अस्पतालमा चार जना र मनमोहन अस्पतालमा तीन जनाको उपचार भइरहेको खड्काले बताए। उनले बुधबार उपचार गराएर गएका पनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताए।

पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ। सुरुमा वाक वाक लाग्ने, वान्ता हुने तथा लगातार डायरीया हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरु अस्पतालमा भर्ना भएका हुन्। केही बिरामीहरुमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
शनिश्चरे आधारभूत अस्पतालमा बेड अभावमा बार्दली, प्यासेजलगायतका स्थानमा राखेर बिरामीको उपचार भइरहेको जनाइएको छ। अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए। उनीहरुमा फुड पोइजन भएको डाक्टरहरुले अनुमान गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया