बिएल संवाददाता
बाराको फेटा गाउँपालिकामा पालिका अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा प्रहरीले गोली चलाएको घटनाको बारे छानबिनका लागि समिति गठन भएको छ।
आइतबारबाटै काम सुरु गर्ने गरी मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको हो।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन भएको हो। समितिमा एसपी भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्।
जिल्ला प्रशासन कार्यालय बाराले आदेशविनै प्रहरीले गोली चलाएको दाबी गरेको छ।
समिति संयोजक ढकालले घटनास्थलमा कसरी र कुन परिस्थितिमा गोली चल्ने अवस्था सिर्जना भयो भन्ने वास्तविकता अनुसन्धानपछि मात्रै खुल्ने बताएका छन्।
अस्पताल उद्घाटनको विषयलाई लिएर रास्वपा र एमाले कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान गम्भीर घाइते भएका थिए।
झडमका क्रममा ढुंगामुढा हुँदा पाँच प्रहरी र केही स्थानीय घाइते भएका छन्। प्रदर्शनकारीले करिब एक दर्जन मोटरसाइकलहरूमा आगजनी गरेका थिए।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया