बिएल संवाददाता
काठमाडौँ उपत्यकाको विशेष पर्व इन्द्रजात्राको लागि वसन्तपुर क्षेत्रमा तयारी भइरहेको छ। बसन्तपुरमा रथ तयार गर्ने, सरसफाइ गर्नेलगायतका कामहरु भइरहेका छन्।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ।
लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ।
.jpg)
इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धुमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ।
यही भदौ २६ गते बुधबारको दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइने छ। भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिने छ भने असोज १ गते मंगलबार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ।
असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ। असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ। त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन्।
.jpg)
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया