बिएल संवाददाता
                                नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे जनआन्दोलनलाई संसदमा अवमूल्यन हुनेगरी बहस हुनु दुखद भएको बताएका छन्।
सोमबार प्रतिनिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैँमा दुखद कुरा भएको बताएका हुन्।
उनले भने, ‘नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध जसलाई विस्तृत शान्ति सम्झौताले र संविधानले सशस्त्र संर्घषको रुपमा परिभाषित गरेको छ। आन्दोलनहरुको योगदानलाई अवमुल्यन, अपमानित गर्नेगरी संसदमा बहस हुनु दुखद छ। सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरु १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धलाई सशस्त्र संर्घषलाई अपमानित हुने गरेर व्यक्त भएका विचारहरुमा हाम्रो तर्फबाट असहमति र आपत्ति रहेको कुरा जानकारी गराउँछु। यस सन्दर्भमा हाम्रो विरोध रहेको संसदमा दर्ज गर्न चाहन्छु।’
साथै उनले लाञ्छना र अपमानित गर्नेगरी १० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्न नहुने बताए। उनले १० वर्षे द्वन्द्वलाई हिंसाको रुपमा हेरिनु आफैंमा अनुपयुक्त भएको बताए।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया