बिएल संवाददाता
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा पहिलोपटक ‘फोर्टिफाइड’ चामल भित्र्याएको छ।
खाद्य कम्पनीले कुपोषण न्यूनीकरण गर्नका लागि असोज ३ गतेदेखि पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण सुरू गरेको हो।
जसमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरीडक्सिन रहेको छ।
नेपालमा सुक्ष्म पौष्टिक तत्वको कमीका कारण हुने कुपोषण, रक्तअल्पता जस्ता समस्यालाई रोक्नका लागि पौष्टिक तत्व स्तरोन्नति गरिएको चाम ल्याएको खाद्य कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले बताइन्।
उनको अनुसार साधारण चामलभन्दा फोर्टिफाइड चामलको मूल्य धरै महँगो छैन। मात्र २–३ रूपैयाँले बढी पर्छ।
‘नर्मल चामल र फोर्टिफाइड चामलमा मूल्यको त्यतिधेरै भिन्नता छैन’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘यो चामल प्रतिकेजी ९५ रुपैयाँ हो। तर अहिले सहुलियत भएको कारण ९० रुपैयाँमा नै पाइन्छ।’
प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दैआइरहेको खाद्य कम्पनीले यसपटक पनि देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट खाद्य बिक्री गरिरहेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रतिकिलो ५ रुपैयाँदेखि
कर्णालीका उत्पादन सिमीहरूमा ७ रूपैयाँसम्म छुट दिइरहेको छ।
त्यसैगरी यो पटक पनि कम्पनीले चिनी भने प्रतिव्यक्ति मात्र दुई किलोको दरले दिनेछ।
चिनीको मौज्दात कम भएको कारण उपभोक्तालाई खाली हात नफर्काउने उद्देश्यका साथ प्रतिव्यक्ति दुई किलो चिनी बेचिरहेको थापाले बताइन्।
‘यदी हामीसँग चिनीको मौज्दात थपियो भने हामीले बेच्ने चिनीको संख्या पाि बढ्ने छ तर चिनीको अभाव चाहिँ हुँदैन’, उनले भनिन्।
खाद्य कम्पनीले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल माघ २ गतेसम्म रहनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया