सरकारले संसदलाई अपहेलना गर्यो: पाण्डे
‘सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन्। आजको विषयसूचीमा नियमावलीको व्यवस्थाअनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं। त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो। हिजो पनि आजको कार्यसूचीबारे छलफल भएको थियो तर आज सरकारले समय छैन त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो। के सरकारले नियम पालना गर्नु पर्दैन?’
बिएल संवाददाता - काठमाडौं