अन्ततः एमालेमा फर्किँदै वामदेव
आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने जानकारी गराएको बालुवाटार स्रोतले बतायो। एमालेका एक नेताका अनुसार बामदेवले एकता अभियानको समूह नै एमालेमा आउने र असन्तुष्ट केही पक्षहरू माओवादी केन्द्रमा जानसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं