बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन्।
शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले रविलाई उनको हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको स्रोतले बताएको छ।
शुक्रबार उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रवि पक्राउ परेका हुन्।
उनलाई पक्राउ गरिए पनि आजै रूपन्देही भने नलगिने स्रोतले बतायो। उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र शनिबार मात्रै रूपन्देही लगिने उनले बताए।
'रवि लामिछानेलाई नियन्त्रणमा लिइएको छ। आज उहाँलाई काठमाडौं परिसरको हिरासतमै राखिन्छ। भोलि मात्रै रूपन्देही लजाने तयारी छ,' स्रोतले भन्यो।
प्रहरी घरमा पुगेसँगै रविले फेसबुकमा सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफै गिरफ्तारी दिन लागेको बताएका थिए।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया