बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन्।
उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन्।
सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले अनुमोदन गरेको छ।
यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए। केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो। त्यसलगत्तै राति ९ बजे उनी पक्राउ परेका थिए।
आफ्नै कोठाबाट पक्राउ परेका रविलाई आज विमान मार्फत रुपन्देही लैजाने तयारी गरिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया