संघीयताको विकल्प होइन अझै बलियो बनाउनुपर्छ: सभामुख
सभामुख देवराज घिमिरेले संघीयताको विकल्प खोज्नुभन्दा यसलाई सबलीकरण गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशील बनाउनुपर्ने भन्दै अबको कार्यहरु संघीयतामा केन्द्रीत भएर अगाडि बढाउनुपर्ने बताए । उनले भने, ‘योजना तर्जुमा र बजेट वितरण संघमा सीमित रहनु संघीयताको मर्म अनुसार होइन । संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशील बनाउन जरुरी छ । संघीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र संघीयतामा केन्द्रीत हुनुपर्छ भन्ने कुरामा दुढताका साथ यो छलफल पछाडि लाग्नुपर्छ ।’
बिएल संवाददाता - काठमाडौं