गोरखा क्याम्पसमा कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै अखिल (क्रान्तिकारी)को प्यानलै विजयी
गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन्। अम्गाईले २०९ मत ल्याए भने नेविसंघका रचन परियारले १६१ मत ल्याए। त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन्। उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन्। बोहराले १७१ मत ल्याएका छन्।
बिएल संवाददाता - गोरखा