आइतबार, ०३ अगस्ट २०२५

माधव नेपालको दस्ताबेज- गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने कोसिस भइरहेकाे छ (पूर्णपाठ)

‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरु सजग हुनुपर्छ’, अध्यक्ष नेपालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रले खटायाे नेता, काे कहाँ?

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सुरू भएकाे अभियानअन्तर्गत कांग्रेसले फरक जिल्लामा खटिने फरक टोली तोकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम संसदीय दलको नेताबाट भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन माओवादीकाे निर्देशन

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बैठक बसी दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय तत्काल सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् आजबाट

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ। राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : नेता वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहेका तनहुँ– १ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

म दिल्ली आउँदा सिल्लीहरुले काठमाडाैँमा अनेक हल्ला फैलाइसके हाेलान्- रवि लामिछाने

शनिबार दिउँसाे नयाँ दिल्लीमा आयाेजित अन्तरक्रियालाई सम्बाेधन गर्दै उनले कार्यकर्तालाई अन्य हल्लाबारे सचेत हुन आग्रह गरेका हुन्। उनले आफ्नाे भ्रमण विशुद्ध कार्यकर्ता भेट र अन्तरक्रियाका लागि मात्र भएकाे स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

भारत पुगेर रविले भने- आमाकाे काखजस्ताे प्याराे केही हुँदैन

अन्तरक्रियाका लागि भारतकाे राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आमाकाे काख (जन्मभूमि)जस्ताे प्याराे अरु केही नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी घटकबीच एकता अपरिहार्य छ, विभाजित भएर लक्ष्यमा पुग्न सकिन्न: प्रचण्ड

‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु’, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले भने। जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ: प्रधानमन्त्री प्रचण्ड

‘यहाँ सहिद घोषणामा छुट भएको कुरा आयो। म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ। त्यसको तयारी भइरहेको छ। त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री भने, ‘अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्तमान सरकारले जनताका पक्षमा काम गर्न सकेन: शङ्कर पोखरेल

आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा सुरू गरिएकाे हाे: गगन थापा

उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे। महामन्त्री थापाले आफूहरु भुइँमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

राष्ट्रियसभामा सिटौलाले खोलेको राजनीतिको सन्दूक

कौशिक नदीको सेरोफेरोमा राजनीतिक जीवन अस्ताउँदै गर्दा सिटौला राष्ट्रिय राजनीतिकाे जीवनमा फेरि एकपटक पूर्वबाट काँग्रेसका ‘विश्वामित्र’ झैँ उदाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा निर्वाचन: कर्णालीमा सत्ता गठबन्धन विजयी

सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार अन्तिम मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन्। जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रियसभा सदस्यमा कोशीबाट कृष्णप्रसाद सिटौला निर्वाचित

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला विजयी भएका छन्। बिहीबार सम्पन्न भएकाे निर्वाचनकाे मतपरिणामअनुसार राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै सिटौला विजयी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीबाट चारवटै सिटमा गठबन्धनका उम्मेदवार विजयी

बिहीबार सम्पन्न भएकाे निर्वाचनमा महिलातर्फ नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र  अन्यमा जीतजंग बस्नेत तथा अपांङ्गतर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: तीन सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित

बिहीबार सम्पन्न भएकाे निर्वाचनकाे मतपरिणामअनुसार महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा सदस्यमा गण्डकीबाट गठबन्धनका तीनैजना उम्मेदवार विजयी

बिहीबार सम्पन्न भएकाे निर्वाचकाे मतपरिणामअनुसार गठबन्धनबाट अपाङ्गतातर्फ नेपाली कांग्रेसका पदमबहादुर परियार र महिलातर्फ नेकपा (माओवादी केन्द्र)बाट मनरुपा शर्मा विजयी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीमा गठबन्धनलाई धक्का, एमालेकी रुक्मिणी कोइराला विजयी

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनलाई धक्का पुगेको छ। गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: मधेसमा गठबन्धनबाट ढुंगाना र चौधरी विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्पन्न भएकाे निर्वाचकाे मतगणनाअनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं