बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ गतेको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका सम्पूर्ण नेता/कार्यकर्ताहरूको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ।
सोमबार राप्रपा र निकटका संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित उनीहरूले प्रदर्शन गरेका छन्।
झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगायत सम्पूर्ण राष्ट्रवादी नेताहरूलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।
शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए।
उनीहरूविरुद्ध राजद्रोहको कसुरमा समेत अनुसन्धान थालिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया