बिएल संवाददाता
नेकपा एमालेका सांसद महेश बर्तौलाले ‘राजावादी हुँ’ भन्दैमा गणतन्त्रवादीहरूलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई नभएको चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मच्चाउने, आगजनी गर्नेहरूलाई बल पुग्नेगरी गणतन्त्रको संसदले कोही कसैलाई पनि अनुमती नदिएको भन्दै यस्तो विरुद्धमा उभिने बताए।
उनले भने, ‘समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मचाउने, आगजनी गर्नेहरूलाई बल पुग्नेगरी संसदले कोही कसैलाई पनि अनुमती दिदैन। त्यसप्रकारका क्रियाकलापहरू राजावादी हुँ भनेकै आधारमा गणतन्त्रवादीहरूलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन। यस्तो कतैबाट हुन्छ भने त्यस विरुद्धमा हामी उभिन्छौं।’
यसको साथै, प्रधानमन्त्रीले बोल्दैगर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमती लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमती संसदको नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गरे।
उनले भने, ‘यो हाउस सभामुखको अनुमतीमा चलिरहेको थियो। तर लगातार व्यवस्था, संविधान र संसदले बनाएको नियमावलीको विरुद्धमा उभिएर विभिन्न प्रकारका गतिविधिहरू योभन्दा अगाडि पनि भइरहेका थिए। तर आजको बैठकमा प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रमलाई अवरोध हुने गरी प्रतिपक्षको तर्फबाट केही सांसदहरूबाट अवरोध सिर्जना भयो। त्यो अवरोध थियो र संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो। सभामुखको अनुमती लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमती यो संसदको नियमावलीले कहाँबाट दियो।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया