बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय किन नदुखेको भन्दै प्रश्न गरेका छन्
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्दै आन्दोलनमा उत्रिएका युवाहरूलाई समेत प्रश्न गरे।
उनले भने, ‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ। तोडफोड हुँदा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। नागरिक मर्दैगर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। राजा चाहियो भन्ने युवाहरूलाई म भन्न चाहन्छु- तीनकुने घट्नाले तपाईको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईहरूले परिकल्पना गर्दै हुनुहुन्छ?’
त्यस्तै उनले गणतन्त्रको विकल्प खोज्ने भन्दापनि यसको प्रक्रियामा सुधार गर्नुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको मात्र वरीपरी घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ। बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौंला। तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने संभावना छ?’ भन्दै प्रश्न गरे।
उनले भने, ‘आज कसैले गणतन्त्रको विकल्प खोज्दै छ भने बिग्रिएको मोटर बनाउन छोडेर गोरुगाडातर्फ फर्कने काम कसैले नसोचुन्। युवाहरूलाई राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम छ। आजको युवा जमेको पोखरी जस्तो तेतृत्व चाहन्छ कि बगेको नदी जस्तो? प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको वरीपरी घुम्न थाल्यो। राजा ल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ। प्रश्न असन्तुष्टि छ। तर प्रक्रिया के त? बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौंला तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने छैन्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया