बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले तीनकुने घट्नामा सरकारले एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले तीनकुने प्रदर्शनमा गृह प्रशासनले चार हजार मान्छे आएको उल्लेख गरेको बताउँदै त्यति संख्या पनि किन सम्हाल्न नसकेको भन्दै प्रश्न गरे।
उनले भने, ‘चैत्र १५ गतेको घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन। प्रधानमन्त्रीज्यूले अघिल्लो दिन १०-१५ हजार मान्छे ओहोरदोहोर गरिरहन्छन् भन्नुभएको थियो। तर गृह प्रशासनले चार हजार मान्छे किन सम्हाल्न सकेन? सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ। भिडियो अहिले छ्याप्छ्याप्ती छ। यसमा प्रश्न उठ्दैन।’
साथै उनले यस घटनामा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताए। उनले पत्रकार सुरेश रजक पनि कोठाको कुनामा छलेर मृत्युवरण गर्न परेको भन्दै त्यसमा पनि शंका गर्ने यथेष्ट ठाउँ रहेको भन्दै सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया