बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका छन्।
यतिबेला उपमेयर सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसिरहेको छ।
उपमेयर डङ्गोल वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी थिइन्।
बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो।
यसक्रममा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए। तर, कर्मचारीहरू र जनप्रतिनिधिहरूले ढोका नै तोडफोड गरेर उनलाई कार्यकक्ष प्रवेश गराएका हुन्।
५ महिनादेखि तलब नपाएपछि महानगरका कर्मचारीहरू असन्तुष्ट थिए। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको काम नै ठप्प भएपछि उपमेयर डंगोल पनि मेयरसँग असन्तुष्ट थिइन्। उनले गुरागाईंलाई हाजिर गराउनुपर्ने बताउँदै आएकी थिइन्।
गुरागाईं साढे तीन महिनापछि कार्यालय फर्किएका हुन्। बालेनले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेपनि उनीमाथिको आरोप पुष्टि नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनैलाई निरन्तरता दिएको हो।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया