
बिएल संवाददाता
महिनादिनयता काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षक प्रतिनिधिहरूलाई कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएका छन्।
आज दिउँसो सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले आन्दोलनरत शिक्षकहरूलाई बोलाएका हुन्। यसअघि सरकारले शिक्षकहरूलाई आन्दोलन रोकेर वार्तामा आउन भनेको थियो।
तर उनीहरूले वार्ताको कुनै औचित्य नभएको र शिक्षा ऐन जारी गरेमात्रै आन्दोलन रोकिने बताएका थिए।
वार्षिक परीक्षा सुरु हुनुभन्दा अघि नै काठमाडौं आएका उनीहरूले दिनहुँजसो प्रदर्शन गरिरहेका छन्। यसअघि उनीहरूले मुख्य दलका कार्यालयहरूमा धर्ना र ज्ञापनपत्र बुझाएका थिए। केही दिन उनीहरूले सानो ठिमीमा पनि धर्ना दिएका थिए।
तर सबै परीक्षाहरू सकिएर २० गतेदेखि देशभरिका थप शिक्षकहरू पनि काठमाडौं आएका छन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया