बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले चैत १५ गतेको प्रदर्शनमा सुरक्षाकर्मी निकै संयम र धैर्यताका साथ प्रस्तुत भएको दाबी गरेका छन्। घटनाबारे जानकारी लिनका लागि राज्यव्यवस्था समितिले शुक्रबार उनलाई बैठकमा बोलाएको थियो।
बैठकमा समितिका सदस्य सांसदहरूलाई जवाफ दिँदै गृहमन्त्री लेखकले सुरक्षाकर्मीको संयमताले नै सम्भावित ठूलो क्षति हुनबाट जोगिएको बताए।
‘त्यो कुनै राजनीतिक प्रदर्शन वा आन्दोलन थिएन। भीड उदण्ड थियो। भीडको नेतृत्वकर्ताहरू नै उदण्ड देखिएका थिए’ उनले भने ‘त्यसको तुलनामा संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो।’
उनले त्यो आन्दोलन नभएर अराजक र उदण्डहरूको भीडमात्रै भएको पनि आरोप लगाए।
‘त्यस्तो पनि आन्दोलन हुन्छ, त्यस्तो प्रदर्शन हुन्छ?’ उनले भने ‘हिंसात्मक गतिविधिबाट गणतन्त्रात्मक व्यवस्था उल्ट्याउने प्रयास भएको छ। संविधान च्यात्ने प्रयास भएको छ।’ त्यसलाई बिषायान्तर गर्नका लागि गृहप्रशासनमाथि अनेकखाले प्रश्नहरू उठाइएको पनि उनले बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया