बिएल संवाददाता
बिहीबार काठमाडौं महानगरमा नगर प्रहरीसँग जनप्रतिनिधि र कर्मचारीको घम्साघम्सी भइरहँदा मेयर बालेन शाहको अत्तोपत्तो लागेन।
बिहानभर मेयरको खोजी भयो तरपनि पत्तो लागेन। प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गराउँन कर्मचारीहरू चाबी खोजिरहेका थिए। बालेन भने अधिकृतको कार्यकक्षमा ताला लगाएर काभ्रेतिर हानिएको खुलेको छ।
बालेन शुक्रबार नै काभ्रेको भ्रमणमा निस्किएको बुझिएको छ। यता कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षको ताला फुटाएर हाजिर गराएका छन्।
यता बालेन भने काभ्रेको पाँचखाल पुगेका थिए। महानगरमा घम्साघम्सी भइरहँदा बालेन भने पाँचखाल केराघारी ३७ किलोको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टर पुगेर लस्सी पिउँदै थिए।
बालेन सहयोगीहरूको टोलीसहित लस्सी पिएर बिहीबार मध्याह्न त्यहाँबाट निस्केका थिए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया