बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँच बुदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्रीको राजीनामासमेत माग गरेका हुन्।
राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो। साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणालगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ।
त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
त्यस्तै राप्रपाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न पनि माग गरेको छ ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि तीनकुनेमा प्रदर्शन भएको थियो। त्यसक्रममा तोडफोड, आगजनी, लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो।
ध्यानाकर्षणपत्र बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले चैत्र १५ गतेको हिंसात्मक घटनालाई राज्यले एकपक्षीय रुपमा प्रचार गर्ने र राज्यको ज्यादतीलाई ढाकछोप गर्ने क्रियाकलाप बढाएको आरोप लगाए।
‘सरकारको तर्फबाट मञ्चमा प्रहार गरिएको अश्रुग्यास पनि फेक हो भनेर प्रचार गरियो। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। घटनालाई हिसांत्मक बनाउन सरकार स्वयं लागि परेको छ। राष्ट्रिय गान बजाउँदै गर्दा अन्दाधुन्दा अश्रुग्याँस किन प्रहार गर्नुपरहेको थियो?’ उनको प्रश्न थियो।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया