कुलमान र हितेन्द्रको मुद्दा एउटै इजलासमा
आफूलाई अन्यायपूर्वक हटाएको भन्दै कुलमानले बुधबार सर्वोच्चमा रिट हालेका थिए। त्यसलगत्तै हितेन्द्रदेव पनि ४ वर्षअघिको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
आफूलाई अन्यायपूर्वक हटाएको भन्दै कुलमानले बुधबार सर्वोच्चमा रिट हालेका थिए। त्यसलगत्तै हितेन्द्रदेव पनि ४ वर्षअघिको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएकाे छ । गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन्। त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पनि बैठक बोलाइएको थियो। तर प्रतिपक्ष दलहरूसँग सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो। विपक्षीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्। तर प्रधानमन्त्री नआउने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ। प्रतिपक्ष भने आफ्नो अडानबाट पछि हटेका छैनन्।
बिएल संवाददाता -
दुबैथरि प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले रहर गर्दैमा राजतन्त्र पुन:स्थापना हुन नसक्ने टिप्पणी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रलाई नेपाली जनताले मानिसकेकोले यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए। उनले राजाले जस्तो राष्ट्रपतिले कू गर्न नसक्ने दाबी गर्दै कुनै पनि हालतमा प्रजातन्त्रबाट पछि हट्ने कुरा नहुने बताए। उनले भने, ‘राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन्। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन। यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएपछि उनको सचिवालयले प्रतिक्रिया दिएको छ। बिहीबार दाङमा भट्टराईलाई राजावादी राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो। भट्टराई बसेकै होटल नजिक पुगेर युवाहरूले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए। जवाफमा बाबुरामको सचिवालयले ५-६ जना रैतिहरूले सस्तो लोकप्रियताका लागि कालोझण्डा देखाएको टिप्पणी गरेको छ। उक्त विषय चर्चाको लायक पनि नभएको सचिवालयको टिप्पणी छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री ओलीले नेपालस्थित अस्ट्रेलियन दूतावासले शुक्रबार आन्दोनलाई मध्यनजर गर्दै नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन गरेको नोटिसप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस जारी गर्यो- कुनै पनि बेला कर्फ्यु जारी हुन सक्छ। जुलुस निस्कँदैछ। बाहिर ननिस्कनू भनेर। त्यो ग्लोबल्ली एउटा अनावश्यक प्रचारको कुरा मात्र हो।’ शुक्रबार समाजवादी मोर्चा र राजावादी समूहले प्रदर्शनलाई लिएर अनावश्यक प्रचारबाजी गरिएको पनि बताए। उनले यी जुलुसमा १०/१५ हजार मानिस आउने भएकोले तिललाई पहाड बनाउन आवश्यक नरहेको पनि दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरुद्ध गरेको आरोप लगाएका छन्। बिहीबार महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैरविषयलाई विषय बनाएर एउटा कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए। ‘फेरी आज अर्को खालको समस्या छन्। विषय न शिषय सदन अवरुद्ध। के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, कर्मचारी हटाइयो कि निकालियो। फेरि कस्ता मान्छेले भन्दा हिजो निकालिएका मान्छेलाई त्यहाँ ल्याएर राख्दा विरोध गरिरहेका छन् र अहिले न्यायका कुरा गर्छन्।’ उनले भने, ‘वर्षौंसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ। गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ।’
बिएल संवाददाता - काठमाडौं
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन्। सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न सीडीओ अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका थिए। अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको उनको आरोप छ। घटनास्थलबाट फोन गर्दै प्रजिअ अधिकारीले निलम्बन गर्ने दिएको आदेशको भिडियो सार्वजनिक भएको छ।
बिएल संवाददाता - बारा
राप्रपाका सम्पूर्ण संगठनले कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रदर्शन गरेका छन्। कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरूले बिहिबार माईतीघर मण्डलामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। राप्रपाकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताइन्। उनले राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाइरहेको बताईन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुलमान घिसिङको बर्खास्तीको विरोध जनाएका छन्। उनले राम्रो काम गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई केही महिनामात्र कार्यकाल बाँकी रहेका बेला बर्खास्त गर्नु गलत रहेको टिप्पणी गरे। बिहीबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू सरकारमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिनेसमेत बताए।
बिएल संवाददाता - दाङ
राजावादी मोर्चाले दुर्गा प्रसाईंलाई राजसंस्था पुनर्स्थापनाका लागि आयोजना गर्न लागेको संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ। बिहीबार काठमाडौंको चाबहिलमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले विशाल जनप्रदर्शनको तयारी गरेका छन्। उक्त आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्न लागेका हुन्। प्रसाईंले आजै पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवास पुगेर छलफल गरेका थिए। राजावादी मोर्चाका संयोजक सुवेदी पनि आजै शाहलाई भेट्न पुगेका थिए। भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईंलाई कमाण्डर तोकिएको जानकारी गराइएको हो।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रिट सच्याउन अवसर दिएको छ। साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै बुधबार सर्वोच्चमा रिट लिएर पुगेका शाक्यलाई रीत नपुगेको भन्दै रिट सच्याउन समय दिएको हो। शाक्यले २०७७ सालमा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गलत भएको दाबी गर्दै आफूले खाइपाई आएको सेवासुविधा उपब्लध गराउनुपर्ने मागसहित रिट दायर गरेका थिए। सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेल र शाक्यका पक्षबाट आएका कानुन व्यवसायीसँग भएको छलफलपछि रीट सच्याउन समय दिइएको हो।
बिएल संवाददाता - काठमाडौं
चैत १५ गते राजावादीहरूको विशाल आन्दोलनको तयारी गरेका छन्। काठमाडौंको कोटेश्वर-तीनकुनेमा गर्न लागिएको जनप्रदर्शनको अघिल्लो दिन राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न निर्मल निवास पुगेका छन्। बिहीबार भएको भेटवार्तामा पूर्वराजासँग आन्दोलनको रोडम्यापबारे छलफल भएको स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीहरूबीच कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्ने होडबाजी चलिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा उनले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका हुन्। उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिस्पर्धा गर्न अन्यथा सरकारले लगाम लगाउने चेतावनीसमेत दिए।
ज्योति देवकोटा - काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाहरूको छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन्। बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिने कुरामा दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका हुन्। उनले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको छ। पीडितलाई न्याय दिने कुरामा कुनै पनि दुई मत छैन। वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ।’
बिएल संवाददाता - काठमाडौं
ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको उद्घाटन गरिएको छ। बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो। पुल उद्घाटन गर्दै नगर प्रमुख महर्जनले पुल नभएका कारण धेरैले अकालमै ज्यान गुमाएका कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको बताए। उनले नगरपालिका र कर्मचारीहरूको पहिलो प्राथमिकता नगरवासीहरूलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने उद्देश्यले नै आफूहरू अनवरत रुपमा काम गरिराखेको बताए।
बिएल संवाददाता - ललितपुर
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले अहिले पनि हिंसालाई ग्लोरिफाई गरिरहेको टिप्पणी गरेका छन्। बिहीबार संक्रमणकालीन न्यायसम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले माओवादीका कारण विगतमा नेपालले भोग्नै नपर्ने, अनावश्यक र अनुचित हिंसा भोगेको टिप्पणी गरेका हुन्। माअोवादीको कारण हजारौं मान्छेहरू भिक्टिम भएको, हजारौंको संख्यामा मान्छेहरूको ज्यान गएको, हजारौं टुहु्रा-टुहुरी भएको बताए। उनले माओवादीले अहिले पनि छुट्टी मनाउने, बाजा बजाउनेजस्ता कुरा गरेर हिंसालाई ग्लोरिफाई गरिरहेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा राजनीतिक नेतृत्व तहमा कहिले विवाद नभएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले विवाद नभएको भन्दै त्यही भएर राजनीतिक द्वन्द्व जस्तो समयमा पनि विधेयक संशोधनको कुरा टुङ्ग्याउन सफल भएको बताए। उनले भने, ‘राजनीतिक नेतृत्वहरू मूलत पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्यौलमा परेनौं। अहिले पनि राजनीतिक दलहरूको बीचमा विवादहरू छन्। प्रमुख दलहरू नै कोही सत्ता पक्षमा छौं कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ। सदनमा बहस भइरहेको छ, यी सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले पनि विवादमा भएनौं। ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैन।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .