नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ।
आइतबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजनागरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरूले घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरेको भन्दै कारबाहीको माग गरेको हो।
विज्ञप्तिमा लेखिएको छ, ‘तथाकथित प्रदर्शनका नाममा दरबारिया, राजावादी वितण्डावादीहरूले मान्छेलाई जिउँदै जलाउने, निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, सञ्चार गृहमा आक्रमण, लुटपाट गर्ने अत्यन्त आततायी, अराजक र हिंस्रक कामहरू गरेका छन्। एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई रिपोर्टिङकै क्रममा घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरिएको छ। सुरक्षाकर्मीको हतियार खोस्ने, त्यसको फोटो खिच्ने पत्रकारको खुट्टा भाँच्ने घृणित काम गरेका छन्। हाम्रो पार्टी पत्रकार रजकका हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गर्छ।’
बिएल संवाददाता
- काठमाडौं