सोमबार, ०४ अगस्ट २०२५

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय वि-भागमा १० जना सदस्य मनोनीत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्छ: ईश्वर पोखरेल

एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

हाम्रो नेपाली पार्टीले बागमती सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

मेराे कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्छु: अध्यक्ष दाहाल

उनले भने, ‘सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ।’ तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एस महाधिवेशन तयारीः राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापन कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

प्रचण्ड सरकारमा जसपालाई तीन मन्त्री, कार्की राज्यमन्त्री नियुक्त

जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुहाङ नेम्वाङले भने- बुवाले गर्नुभएको संकल्प पूरा गर्नेछु

‘गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनुभएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन। मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु। सिक्नेछु। बुझ्नेछु। जान्नेछु। ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु। इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ। त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिन्छः झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आज आयोजना गरेको ‘बृहद् होली मिलन कार्यक्रम’मा उनले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसद् राजनीतिक दलका लागि रिस साँध्ने थलो भयोः सुदन किराती

राजनीतिक दलहरुबीच इगो साध्ने, आरोप प्रत्यारोपमा समय खर्चिने प्रवृत्ति पुरानै रोग हो। त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप कानुनहरु बनेका छैनन् त्यसमा म सन्तुष्ट छैन। अर्को रुपले हेर्दाखेरी नेपालजस्तो विकासोन्मुख मुलुकमा यस्तो व्यवस्थाबाट जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकिनेरहेछजस्तो मलाई लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: एमालेnबझाङ १ मा भण्डारीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

नेकपा एमालेले बझाङ १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएकाे छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाम–२ उपनिर्वाचनः एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

आउने बैशाख १५ गते इलाम–२मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुने भएका छन्। आइतबार नेकपा एमालेले नम्वाङको नाम टुंगो लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमाले सचिवालय बैठक बस्दै

आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन्। बैठक बिहानबाट सुरू हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झापा कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री शर्मा

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उनले झापा कांग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

​​​​​​​नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज  पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

माओवादी भन्ने दल थिएन भने काठमाडौं अहिले पनि टुकी बालेर रात काट्ने बाध्यतामा हुने थियो: उपाध्यक्ष मैनाली

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले  माओवादीले लोडसेडिङ अन्त्य नगरेको भए काठमाडौ आज पनि टुकि बालेर रात काटिरहने बाध्यतामा रहने टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ