फेरि थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्डको बैंकक जान लागेकी छन्। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप)’को ८१ औं सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री राणा भोलि बैंकक जान लागेकी हुन्। नेपाल हाल यूएनस्केपको अध्यक्ष छ। अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।
बिएल संवाददाता - काठमाडौं