मङ्गलबार, ०५ अगस्ट २०२५

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१)मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभा बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रेशम चौधरी अस्पताल भर्ना

पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएपछि उनी प्रेसर थेग्न नसकेर अस्पतालमा शैय्यमा पुगेका बताएका छन्। बिएल नेपाली सेवाले सम्पर्क गर्दा संरक्षक चौधरीले भने, ‘मलाई मेरै श्रीमतीले साथीभाइहरूले तनाब दिए! अहिले म अस्पतालमा भर्ना  भएको छु। मेरो प्रेसर ह्वात्तै बढ्यो। केहि दिनदेखि भोकै छु। मलाई तनाब छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुटपिटपछि रमेश विश्वकर्मा भन्छन्– हिजो रेशम चौधरीलाई बचाउन लाग्यौँ, आज तानाशाही बनेर हामीलाई मार्ने भन्दै छन् (भिडियो)

रेशमले सुदुरपश्चिम सरकारमा सहभागी हुने र रञ्जिताले नहुने भन्ने विषयमा विवाद हुँदा पार्टीभित्र कुटाकुटसमेत भएको छ। सोमबार सरकारमा सहभागी हुने र नहुने विषयमा छलफल हुँदै गर्दा पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मामाथि पार्टी कार्यालयमै कुटपिट भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेको निर्देशन- बैठकमा अनिवार्य उपस्थिति भएर विश्वासको मतकाे पक्षमा मतदान गर्नू

आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ। नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

देशको अहिलेको राजनीतिक अवस्था निरंकुश पञ्चायती कालरात्रि जस्तो छ

देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो। युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्। बाबुरामहरूजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्। तर, त्यो अरण्यरोदन बनिरहेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली प्रदेशका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

केन्द्रकाे सत्ता समीकरण फेरिएपछि फागुन २२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

बैठक मंगलबार दिउँसो २ः०० देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची 

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने कार्यलातिका छ। बैकठमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दायाँबायाँ नगरेर वैकल्पिक शक्ति बनाउन लाग्छुः बाबुराम भट्टराई

शनिबार काठमाडौँमा नेपाल समाजवादी पार्टी बाग्मती प्रदेश र गैरभौगोलिक प्रदेशले संयुक्तरुपमा गरेको कार्यक्रममा उनले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टी जस्तो भएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विचार नमिल्नेसँग गठबन्धन गर्नु पार्टीको गल्ती: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव हारिन्छ कि भन्ने डरले विचार नमिल्नेसँग गठबन्धन गरिनु पार्टीले गरेको सबै भन्दा ठुलो गल्ति भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके (राप्ति सोनारी)

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटघाट भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अहिले म जनयुद्धको बेलाभन्दा बढी खटिएको छुः प्रचण्ड

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफु जनयुद्धको समयभन्दा बढी खटिएर काम गरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

इलाम २ उपनिर्वाचनः रवि–स्वर्णिमले घण्टी बजाउँदै गरे मिलनको उम्मेदवारी घोषणा 

यही बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ। शनिबार इलाममा कार्यक्रम गर्दै गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले घण्टी बजाउँदै मिलनको उम्मेदवारी घोषणा गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेकाे निर्देशन– दबाब र प्रभावबिना काम गर्नुस्

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन्। इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग शनिबार गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

राष्ट्रपति चितवनमा

राष्ट्रपति रामचन्द्र पौडेल चितवन आइपुगेका छन्। भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल चितवन आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

टाेपबहादुर रायमाझी डिस्चार्ज

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ