कांग्रेस नेता सिवाकोटी भन्छन्- पूर्व विशिष्टलाई मृत्युपछि क्रियाकर्म र श्राद्ध गर्न पनि सुविधा दिइयोस्
उनले सरकारलाई पूर्वविशिष्टलाई मृत्युपछि पनि क्रियाकर्म र श्राद्ध गर्न सुविधा व्यवस्था गर्न भन्दै व्यंग्य गरेका छन्। उनले सरकारलाई थोरै लोकलाज बाँकी भए यस्तो विवादास्पद विधेयकको प्रक्रियाबाट पछि हट्न सुझाव पनि दिएका छन्। उनले भनेका छन्, ‘पूर्व विशिष्टलाई आजीवन सुविधा दिन कानुन बनाउन लागेको सरकारलाई यो पनि सुझाव छ कि त्यस्तो सुविधा पूर्वविशिष्टका मृत्युपछि क्रियाकर्म, श्राद्ध गर्नसमेत गरी व्यवस्था होस्। बुझ्न नसकेको कुरा पूर्व विशिष्टहरू लोभका भकारी हुन् कि सरकार पूर्व विशिष्टहरूको चाकडीदार? थोरै पनि लोकलाज बाँकी छ भने सरकार यो कानुन बनाउने प्रक्रियाबाट पछि हटोस्।’
बिएल संवाददाता - काठमाडौं