सोमबार, ०४ अगस्ट २०२५

माओवादीले तोक्यो १६ इन्चार्ज, काे कहाँ?

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशअन्तर्गतका जिल्ला, महानगरपालिका र उपमहानगरपालिका गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ। माओवादीले शुक्रबार १३ जिल्ला, काठमाडौँ तथा ललितपुर महानगर र हेटौँडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले बाेलायाे सचिवालय बैठक

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविलाई गाेकुलले भने- अराजकताको अन्त्य आदेश निर्देशले हाेइन, नियम संगत प्रणालीले मात्र गर्छ

बास्काेटाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै अराजकताकाे अन्त्य आदेश निर्देशबाट नभएर नियम संगत प्रणालीबाट हुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिडिओले सञ्चार माध्यमको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट गृह मन्त्रालय पछि हटेको छ। सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेपछि गृह मन्त्रालय पछि हटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फेरि भूमि आयोग खारेज, आयोग भन्छ– सरकारले गलत गर्‍यो

फेरि राष्ट्रिय भूमि आयोग खारेज गरेको भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो।  २०७८ साल भदौ ३ गते केशव निरौलाको अध्यक्षतामा आयोग गठन भएको थियो। उनी काँग्रेस निकट व्यक्ति हुन्। नयाँ सत्ता समिकरण बनेसँगै आयोग खारेज गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बैङ्क खाता रोक्कापछि काङ्ग्रेस नेता राहुलले भने- हामीसँग चुनाव प्रचारका लागि पैसा छैन

‘हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ,’ स्वतन्त्रतापछि दशकौंसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका परिवारका वंशज तथा काङ्ग्रेस नेता राहुल गान्धीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

बारामा नेता बढी भए, विकास कम भयो: प्रभु साह

‘तिरहुत राज्यको राजधानी सिम्रौनगढ, विश्वप्रसिद्ध गढीमाई, कलैयाको धार्मिक स्थलहरुको जुन रुपमा विकास हुनुपर्ने हो त्यो हुन सकेन’, अध्यक्ष साहले भने, ‘काठमाडौँ–तराई मधेस फास्ट ट्र्रयाक, बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिन सकिरहेको छैन। यी र यस्ता विकासका योजनाहरु समयमै पूरा गर्न र विकासका लागि बाराली नेताहरु एकजुट भएर लाग्नुपर्ने भए पनि त्यसो हुन नसक्नु दुखद् छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी र जनताको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ: केपी ओली

अध्यक्ष ओलीले भने, ‘देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ। पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

जीबी राईविरुद्धको उजुरी संसदीय समितिम पुग्यो

विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका गितेन्द्र बाबु राई (जीबी)विरुद्धको उजुरी संसदीय समितिमा पुगेको छ। बिहीबार पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि निर्वाचन आयोगले माग्याे सुझाव

नेपालको संविधान र हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्यप्रारम्भ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीका प्रमुख पदाधिकारीहरू नै भ्रष्टाचारमा संलग्न भएकाे भन्दै माओवादी नेताले दिए राजीनामा

प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएकाे, पार्टी गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण भएकाे उल्लेख गर्दै उनले यस्तो अवस्थामा पार्टीमा बसिरहन आफ्नाे नैतिकताले दिएकाले राजीनामा दिएकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक रूपान्तरणमा मधेसी आयोगले भूमिका महत्त्वपूर्ण: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामाजिक रुपान्तरणमा मधेसी आयोगले भूमिका महत्वपूर्ण: उपराष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इलाम–२ काे उपनिर्वाचनका लागसि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताएका छन्। मंगलबार पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै मन्त्री अर्यालले ई–७ भिसामार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिया पठाउन सक्ने भन्ने खालको सूचनामा मन्त्रालयको आधिकारिता नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आफूअनुकुल सचिवको खोजीमा मन्त्रीहरू, कुन मन्त्रीले काे सिचव चाहिरहेका छन्? 

सत्ता समिकरण फेरबदल भएसँगै नवनियुक्त मन्त्रीहरू आफूअनुकुलका सचिवहरूको खोजीमा छन्। विशेषगरी पार्टीको ट्याग लागेका सचिवहरूको सरुवा गर्ने र आफूअनुकुलका सचिव ल्याउने तयारीमा मन्त्रीहरू छन्। राजनीतिक व्यक्तिले प्रशासनलाई आफूअनुकुल बनाउने याे रोग पुरानै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ : पूर्वअर्थमन्त्री कार्की

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली भन्छन्- रवि लामिछानेमाथि छानविन आवश्यक छैन

सरकारबाट बाहिर भएकाले कांग्रेसले उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्न नहुने भन्दै अध्यक्ष ओलीले भने, ‘सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेसजस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं