पेरिसडाँडा पुगेर गृहमन्त्रीले भने- व्यवस्थाविरुद्ध लाग्नेविरुद्ध सबै एकाकार हुनुपर्छ
गृहमन्त्री रमेश लेखक गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरूलाई लिएर माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा भएको क्षतिको अनुगमनका लागि तीनकुने क्षेत्र पुगेका गृहमन्त्री लेखक माओवादीको कार्यालयको अनुगमनका लागि पुगेका हुन्। उनको टोलीले माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव कमरेड गणेशमान पुन, पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटालगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।
बिएल संवाददाता - काठमाडौं